• The Public Today
  • आईपीएल : दिल्ली शीर्ष स्थानमा


    द पब्लिक टुडे
    गौशाला, असोज ७ गते ।
    इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ

    बुधबार भएको खेलमा सातौं जितपछि दिल्ली अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

    दुबईमा भईरहेको खेलमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको थियो ।

    दिल्लीको जितमा श्रेयस आयरले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । ओपनर शिखर धवनले ४२ रन बनाए भने पृथ्वी शले ११ रन जोडेर आउट भए । यस्तै कप्तान तथा विकेटकिपर ऋषव पन्तले अविजित ३५ रन जोडे । हैदरावादका खलिल अहमेद र राशिद खानले एक–एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो । हैदरावादका अब्दुल समादले सर्वाधिक २८ रन बनाउँदा राशिद खानले २२, ऋद्दिमान साह र केन विलियम्सनले १८–१८ रन बनाए ।

    दिल्लीका कागिसो राबडाले तीन विकेट लिए । एनरिच नोर्किया र अक्सर पटेलले दुई–दुई विकेट लिए ।

    नौ खेल खेल्दा सातौं जित हात पारेको दिल्ली १४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । उता हैरदवादले आठ खेल खेल्दा यो सातौं हार हो र दुई अंकसहित अंकतालिकामा पुछारमा छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस