• The Public Today
  • पत्रकार क्रान्तिलाई उत्कृष्ट सूचना अभियन्ता पुरस्कार


    द पब्लिक टुडे
    ढल्केवर, असोज १२ गते ।
    पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई उत्कृष्ट सूचना अभियन्ता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

    प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार क्रान्तिलाई राष्टिय सूचना आयोगले पुरस्कृत गरेको हो ।

    मंगलवार काठमाडौमा राष्टिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच पत्रकार क्रान्तिलाई राष्टियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले पुरस्कार प्रदान गरेका हुन् ।

    गत बैशाख १७ गतेको आयोगको बैठकले ५ जना उत्कृष्ट सूचना अधिकारी र ५ उत्कृष्ट अभियन्तालाई (बिनय कसजु) पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार उत्कृष्ट सूचना अधिकारीतर्फ पुरस्कार पाउनेमा राष्ट्रिय मुस्लिम आयोगमा कार्यरत दयाराम तिवारी, थाहा नगरपालिका मकवानपुरमा कार्यरत सुरज कुमार भुजेल, प्रदेश निर्वाचन कार्यालय, कैलालीमा कार्यरत राजेश चौधरी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा कार्यरत नवराज गिरी र जिल्ला हुलाक कार्यालय खोटाङमा कार्यरत सरोज खतिवडा पुरस्कृत भएका हुन् ।

    यस्तै उत्कृष्ट अभियन्ता (बिनय कसजु) पुरस्कारबाट त्रियुवा नगरपालिका ११ उदयपुरका अजय कुमार साह, सिम्रौनगढ नगरपालिका ७ बाराका डा. मुन्ना कुमार मिश्र, बटेश्वर गाउँपालिका २ धनुषाका शैलेन्द्र कुमार महतो, हल्दिवारी गाउँपालिका ३ झापाका ईश्वर तिवारी र बिरगंज नगरपालिका ८ पर्साका राम पुकार रौनियारलाई पुरस्कृत गरिएको हो ।

    आयोगले हरेक वर्ष उत्कृष्ट सूचनाको हकमा उत्कृष्ट सूचना अधिकारी र उत्कृष्ट अभियन्तालाई सूचनाको हकको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप निश्चित छनौट विधिका आधारमा छनौट गरी पुरस्कृत गर्दै आएको छ ।

    मिहिनेतको फल मिठो हुन्छ : पत्रकार क्रान्ति

    पुरस्कृत भएपछि पत्रकार क्रान्तिले मिहिनेतको फल मिठो हुने गरेको प्रतिक्रिया दिएका छन् ।

    उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘सूचना विना समाचार बन्दैन, समाचार नलेखि पत्रकार बन्दैन । त्यस्तैले पत्रकारिताको सुरुवात संगसंगै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण गर्दै समुन्नत समाज निर्माणको लागि झण्डै एक दशकदेखि सार्वजनिक निकायबाट सूचना माग्ने काममा सक्रिय छु ।’

    सकेसम्म सार्वजनिक निकायमा हुने भ्रष्टाचार, अनियमितता, अपराधजन्य क्रियाकलापलाई समाचारको माध्यमबाट बाहिर ल्याएर नागरिकलाई सुसूचित गराउने गरेको कामलाई उनले आफ्नो दायित्व ठानेको छन् । यस अवधिमा थुप्रै पटक आक्रमण, दुर्ववहार, वाधा, अवरोध जस्ता चुनौतीसंग अलि पनि खुट्टा नडगमगाएको उनको अनुभव छ ।

    मेरो कामको उचित मूल्यांकन गरेर राष्ट्रिय सूचना आयोगले अन्तरास्ट्रिय सूचना दिवसको अवसरमा पहिलोपटक ुविनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०७८ बाट मलाई सम्मानित गरेकोमा गौरवान्वित महसुस भइरहेको छ,’ उनले लेखेका छन् ‘अत्यन्तै हर्षित छु । यसका निम्ति आयोग प्रति आभार प्रकट गर्दछु ।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस