• The Public Today
  • सर्लाही : विद्यार्थी र प्रहरीबीच झडप, एक प्रहरी र दुई विद्यार्थी घाइते


    सर्लाही, असोज २१ गते । सर्लाहीको विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा परी एक प्रहरी र दुई विद्यार्थी घाइते भएका छन् ।

    जिल्लाको धनकौल गाउँपालिकामा गाउँपालिका वडा नं. ५ मा रहेको श्री जनता मा. बि. हरकठवामा साइकल वितरण र व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित छन् ।

    यता, विद्यार्थीहरूले विद्यालयमा साइकल वितरण अनियमित तरिकाले भएको तथा व्यवस्थापन समिति गठन नभएका कारण शिक्षक अभाव भएको भन्दै आन्दोलन सुरु गरेका छन् । आक्रोशित विद्यार्थीहरू विद्यालयमा तालाबन्दी गरी गाउँपालिको कार्यालय घेराउ गर्नेक्रममा प्रहरी र विद्यार्थी बीच झडप भएको हो ।

    झडपका क्रममा कक्षा ७ मा अध्ययनरत रुपा यादव र कक्षा ८ मा अध्ययनरत सुवाश यादवलाई प्रहरीले कुटेपछि आन्दोलित विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरेको थिए ।

    विद्यार्थीले ढुंगामुढा गर्दा हरकठवा चौकीका प्रहरी हवलदार राजेश सिंह घाइते भएका छन् । धनकौल गाउँपालिकाका स्थानीय मुकेश यादवका अनुसार विगत दुई वर्षदेखि जनता मा. बि. हरकठवामा व्यवस्थापन समितिको पद रिक्त छ ।

    ्व्यवस्थापन समितिको लागि सातौँ पटक बैठक बसी अभिभावकहरूले बिन्देश्वर राउतलाई व्यवस्थापन समितिको अध्यक्षमा चुने पनि गाउँपालिकाले स्वीकृति नदिएको हुँदा विद्यार्थीहरू आन्दोलित बनेको यादव जानकारी दिएका छन् । राजनैतिक किचलो तथा आ–आफ्नो विद्यालयमा प्रतिनिधि राख्ने मनसायका कारण यस्तो समस्या आएको यादवले बताए ।

    धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहका अनुसार आन्दोलित विद्यार्थीहरूले साइकल वितरणको विषयमा असन्तुष्टि देखाएको बताए । आन्दोलित विद्यार्थीहरूको भिडमा विद्यालयको विकास देख्न नसक्ने व्यक्तिहरू पसी ढुंगामुढा गरेको गाउँपालिका अध्यक्ष साहले बताए । ‘विद्यार्थीको भिडमा पसी विकास विरोधीहरूले ढुङ्गा हान्दा प्रहरी हवलदार घाइते भए’, गाउँपालिका अध्यक्ष साहले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाज


    प्रतिक्रिया दिनुहोस