• The Public Today
  • महोत्तरी : प्राविधिक शिक्षा पढ्ने ६ विद्यार्थीले पाए पदम शम्शेर छात्रवृत्ति


    द पब्लिक टुडे
    बर्दिवास, असोज २४ गते ।
    महोत्तरीको बर्दिवास नगरपालिका भित्र रहेका प्राविधिक शिक्षालयमा प्राविधिक पढ्ने ६ विद्यार्थिले पदम शम्शेर स्मृती कोषको छात्रवृत्ति पाएका छन् । यस वर्षको छात्रवृत्तीमा आवेदन दिएका २१ विद्यार्थिमध्य ६ जनाले छात्रवृत्ती पाएका स्मृती प्रतिष्ठानले जनाएको छ ।

    गत भदौ १८ गते छात्रवृत्तीको आवेदन खुलाएको प्रतिष्ठानले असोज १८ गते लिखित परिक्षा संचालन गरेको थियो । आर्थिक रुपमा विपन्न तथा प्रतिष्ठानले लिएको परिक्षामा उकृष्ट भएका विद्यार्थिलाई यसवर्षको छात्रवृत्ती दिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

    बर्दिवास नगरपालिका भित्रका अभिषेक बिक, सोम बहादुर गुर्मछान, क्षितिज श्रेष्ठ, अभिनव खतिवडा, सुधा साह र पप्पु दासलाई प्रतिष्ठानले छात्रवृत्ती दिएको प्रतिष्ठानले जनाएको छ ।

    जनतामावि गौरिडाँडामा पशुविज्ञान, देउराली मावि बर्दिवासमा सर्वे, जनता मावि बर्दिवास १४ मा अटो मोवाईल, जनहित नन्दलाल विद्यालय चौलिखामा डिप्लोमा सिभिल इन्जिनियरिङ र निर्मल लामा नमुना बहुप्राविधिक शिक्षालय खयरमारामा फुड एण्ड डेरी अध्यन गर्ने ६ जना विद्यार्थि छात्रवृत्तीको लागि छनौट भएका छन् ।

    प्रष्ठिानको ७ सदस्यिय छनौट समितिले होम भिजिट गरेर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थिलाई दिने निर्णय गरेको प्रतिष्ठानका सचिव कुमार घिमिरेले जानकारी दिए ।

    गरिब भएकै कारण आफ्नो पढ्ने इच्छा पुरा नभएकाले आफुँलाई जस्तै इच्छा भएका तर आर्थिक स्थितिले पढ्न नसक्ने व्यक्तिलाई आफ्ले पढाउने भनि छात्रवृत्ती शुरु गरेको अध्यक्ष खड्काले बताए । गतवर्षबाट प्रतिष्ठानले छात्रवृत्ती शुरु गरेको हो । गएको वर्ष प्राविधिक शिक्षा पढ्न भर्ना भएका विभिन्न प्राविधिक विद्यालयका ११ जना विद्यार्थिको प्रतिष्ठानकै छात्रवृत्ती अन्र्तगत निशुल्क अध्ययन गरिरहेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, शिक्षा, समाज


    प्रतिक्रिया दिनुहोस