• The Public Today
  • प्रभासले बढाए पारिश्रमिक


    द पब्लिक टुडे
    गौशाला, असोज २७ गते ।
    दक्षिण भारतीय सुपरस्टार प्रभास अहिलेका व्यस्त अभिनेता मध्ये एक हुन् । उनी निर्देशक र निर्माताहरूको पहिलो रोजाइमा पर्छन् । हालै उनले ‘कबीर सिंह’ र ‘अर्जुन रेड्डी’ चलचित्र निर्देशन गरिसकेका निर्देशक सन्दीप रेड्डी वंगाको नयाँ चलचित्र खेल्ने घोषणा गरेका थिए ।

    यसैबीच, उनले सन्दीपको चलचित्र ‘स्पिरिट’का लागि आफ्नो पारिश्रमिक बढाएको खबर आएको छ । नवभारत टाइम्सका अनुसार उनले सो चलचित्रका लागि १५० करोड भारु मागेका छन् । खबरका अनुसार निर्माण टिम प्रभासको माग पूरा गर्न तयार पनि भइसकेको छ ।

    उक्त चलचित्रदेखि प्रभासले आफूले लिइरहेको पारिश्रमिकमा ५० करोड बढाएका हुन् । यसअघिसम्म प्रभासले एउटा चलचित्रका लागि १०० करोड भारु लिइरहेका थिए ।

    सन्दीपको निर्देशनमा बन्न लागेको ‘स्पिरिट’ हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड, मन्दारिन र कोरियन गरी ८ भाषामा रिलिज गरिने बताइएको छ । सो चलचित्रको छायांकन सन् २०२२ देखि सुरु हुनेछ ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस