• The Public Today
  • महोत्तरीमा हथौडा प्रहार गरी एक महिलाको हत्या


    ढल्केवर, असोज २८ गते । महोत्तरीमा एक महिलाको हत्या भएको छ । महोत्तरी गाउँपालिका–३ मडैकी ४२ वर्षीया शिलादेवी झाको हत्या भएको महोत्तरी प्रहरीले जनाएको छ । 

    गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

    उनका अनुसार मृतक महिलाको शव उनकै ओछ्यानमा बिहीबार बिहान फेला परेको हो । घटनास्थलबाट हथौडा बरामद भएको उनले बताए । ‘महिलाको टाउकोमा चोट देखिएको छ । घटनास्थलबाट एउटा हथौडा बरामद भएको छ । शवको प्रकृति हेर्दा त्यसै हथौडा प्रहारबाट महिलाको मृत्यु भएको हुनसक्ने देखिन्छ,’ एसपी आचार्यले भने ।

    हत्या कसले र किन गरेको भन्नेबारे खुल्न नसकेको उनले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस