• The Public Today
  • सर्लाही : दशैं मान्न अभिभावकबिहीन बालबालिकालाई आर्थिक सहयोग


    द पब्लिक टुडे
    गौशाला, असोज २९ गते ।
    दशैं मान्न सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले घुर्कौलीस्थित द्वन्द पीडित बाल गृहका बालबालिकालाई आर्थिक सहयोग गरेका छन्।

    बाल गृहमा आश्रय लिएर बसिरहेका अभिभावकबिहीन बालबालिकालाई मेयर थापाले दशैं मनाउन व्यक्तिगततर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

    अभिभावकबिहीन बालबालिकालाई दसैँमा मिठोमसिनो खान सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत तर्फबाट सहयोग गरेको थापाले जानकारी दिए।

    बालगृहले आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर थापाले संस्थालाई सहयोग गरेका हुन्।

    कार्यक्रममा माओवादी केन्द्रका नेता कमल बुढाथोकी, विद्यार्थी नेता विवेक मैनाली, बालगृहका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस