• The Public Today
  • गाँजा तस्करी गर्ने नयाँ शैली


    बीरगञ्ज, असोज २९ गते । लागूऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हुँदै भारततर्फ भारतीय सवारी साधनमार्फत् नै जाने गरेको सार्वजनिक भएको छ।

    पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङ्करमा ग्यासको बुलेटभित्रलुकाई राखिएको अवस्थामा गाँजा फेला पारेपछि गाँजा तस्करीको नयाँ शैली सार्वजनिक भएको हो।

    पर्सा प्रहरीले बिहीबार दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–२५ स्थित भन्सार कार्यालय वीरगञ्ज९आइसिपी० गेटनजिक ग्यासको बुलेटको ट्याङ्करमा लुकाइएको अवस्थामा १२० किलो गाँजा फेला परेको छ।

    गाजाँसहितको ग्यास बुलेट नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

    ट्याङकरका चालक र सहचालक फरार छन्। गाँजा नेपालबाट भारततर्फ लैजाने उद्देश्यले ट्रकमा लुकाइएको हुनसक्ने र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस