• The Public Today
  • विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जसपा प्रवेश


    रामबाबु यादव
    गौशाला, असोज २९ गते ।
    महोत्तरीको गौशालामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

    शुक्रवार गौशाला नगरपालिका—२ निगौलमा पार्टीको गौशाला नगर कार्यसमितीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी डेढसयको संख्यामा नेता तथा कार्यकर्ता जसपा भित्रिएका हुन् ।

    नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी लक्ष्मी महतो र अर्का केन्द्रीय सदस्य रमेश कुृमार महतोले फुलमाला तथा अविर लगाई पार्टीमा स्वागत् गरेका थिए ।

    पार्टीका स्थानीय नेता सिनेही मण्डलको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेशसभा सदस्यका प्रत्यासी विनाद महतो, नगरसमिति अध्यक्ष कुमार कान्त झा, संजिव चौधरी, युवा नेता श्याम मण्डल, देबु महतोलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस