• The Public Today
  • आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई


    काठमाडौं, असोज ३० गते । चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। 

    यूएईमा गएराति भएको खेलमा काेलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । 

    चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।  

    कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै भेन्कातेस एयरले ५०,  शिवम माभीले २० र लक्की फर्गुसनले १८ रन जोडे । चेन्‍नईका सार्दुल ठाकुरले ३ तथा रविन्द्र जडेजा र जोश हाजलउडले दुई/दुई विकेट लिए  ।

    यस्तै, दीपक चाहर र ड्वाने ब्राभोले एक/एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । 

    चेन्नईका फाप डुु प्लेसिसले ८६ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३७,  रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन जोडे । कोलकाताका सुनिल नारायनले २ तथा शिवम माभीले एक विकेट लिए ।


    क्याटेगोरी : खेलकुद, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस