• The Public Today
  • चेल्सी पुनः शीर्ष स्थानमा


    एजेन्सी : ब्रेन्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै चेल्सी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोलले हरायो ।

    खेलमा बेन चिलवेलले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल निर्णाक बन्यो ।

    पछिल्ला ३ खेलमा उनले क्लब र देशका तीन गोल गर्न सफल भएका छन् । गोलपछि घरेलु टोली ब्रेन्टफोर्डले दोस्रो हाफमा चेल्सीमाथि निरन्तर दबाब राखेको थियो  । तर, त्यसलाई रोक्दै चेल्सीले तीन अंक बटुल्न सफल रह्यो ।

    शनिबार नै वाटफोर्डलाई पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको थियो । ८ खेलपछि चेल्सीको १९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको १८ अंक रहेको छ ।

    १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेको ब्राइटनको १५ अंक रहेको छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस