• The Public Today
  • सर्लाही : पेस्तोलसहित एक प्रहरी नियन्णमा


    द पब्लिक टुडे
    गौशाला, असोज ३१ गते ।
    सर्लाही प्रहरीले पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    जिल्लाको बलरा नगरपालिका–३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिनसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

    सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको बिषयलाई लिएर बादबिवाद हुँदा नवनितले बिनयलाई पेस्तोल ताकेको प्रहरीले जनाएको छ ।

    प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियारसहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस