• The Public Today
  • सर्लाही : १२ घण्टादेखि बेपत्ता बालिकाको शव पोखरीमा भेटियो


    द पब्लिक टुडे
    गौशाला, असोज ३१ गते ।
    सर्लाहीको बागमतीमा एक बालिकाको शव पोखरीमा फेला परेको छ।

    शनिबार साँझदेखि बेपत्ता १३ वर्षीया बालिकाको शव आइतबार बिहान घर नजिकैको पोखरीमा फेला परेको सर्लाही प्रहरीले जनाएको छ।

    सर्लाहीको बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारीको शव पोखरीमा फेला परेको हो।

    शनिबार साँझ पोखरीमा नुहाउन गएदेखि उनी बेपत्ता भएकी अभिभावकले जनाएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस