• The Public Today
  • जेलमा हजारौं कैदीहरुसँग बस्छन् आर्यन, कुनै विशेष छुट छ ?


    मुम्बई, असोज ३१ गते । मुम्बई क्रूज मुद्दामा शाहरुख खान र गौरी खानका छोरा आर्यन खान अहिले आर्थर रोड जेलमा छन् । अहिले खान परिवार छोराका लागि निकै चिन्तित छ । शनिबार शाहरुख र गौरीले छोरा आर्यसँग भिडियो कलमा कुरा गरे ।

    बलिउडका सुपरस्टारका छोरा भए पनि आर्यनलाई विशेष सुविधा दिइएको छैन । आर्यनलाई अरु कैदीहरु सरह नै राखिएको छ ।

    नवभारत टाइम्सका अनुसार, कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै उनलाई ५ दिन क्वारिन्टिनमा राखियो । त्यसपछि अरु ५ कैदीहरुसँगै कमन ब्यारेकमा सिफ्ट गरिएको छ ।

    अर्थर रोडमा अहिले ३२ हजार कैदी छन् । कोरोना महामारीका कारण परिवारहरु जेलमा गएर भेट्न पाउँदैनन् । यसको साटो उनीहरुले हप्ताको दुई पटक त्यो पनि १० मिनेट मात्रै कुरा गर्न पाउँछन् ।

    खानेकुरा पनि आर्यनले अरु कैदीहरुले खाने त्यही क्यान्टिनबाट खान्छन् । खानका लागि भनेर ११ अक्टोबरमा शाहरुखले ४५ हजार रुपैयाँ मनीअर्डर पठाएका थिए । अरु आम कैदीहरुले जस्तै विहान ६ बजे उठ्छन् र ७ बजे चिया दिइन्छ ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस