• The Public Today
  • विश्वकप क्रिकेटमा ओमानको विजयी सुरुवात


    द पब्लिक टुडे
    गौशाला, असोज ३१ गते ।
    आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा ओमानले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो चरण अन्तर्गतको खेलमा पपुवा न्युगिनीलाई १० विकेटले हराउँदै ओमानले विजयी सुरुवात गरेको हो ।

    ओमानको अल अमारतमा क्रिकेट स्टेडियममा पीएनजीले दिएको १३० रनको लक्ष्य ओमानले १३ ओभर ४ बलमा विना विकेटको क्षेती १३१ रन बनायो ।

    ओमानका लागि जितेन्दर सिंह र इकाब लेइसले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका जितेन्दरले ७ चौका र ४ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरे । त्यस्तै ४३ बल खेलेका लेइसले ४ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।

    पीएनजीका लागि भालाले ५६ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कार्लेस अमिनीले ३७ रन बनाउँदा सेसे बाउले १३ रनको योगदान गरे । पीएनजीका लागि त्यसबाहेकका ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

    बलिङतर्फ ओमानका लागि जजेसन मक्सोदले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा २० रन खर्चे ।

    त्यस्तै बिलाल खान र कलिमउल्लाले समान दुई–दुई विकेट लिए । आजको खेलमा जित निकाल्दै ओमानले दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।


    क्याटेगोरी : खेलकुद, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस