• The Public Today
  • छोरा भेट्न जेलमै गए शाहरुख


    मुम्बई, कार्तिक ४ गते । आर्यन खानको जमानत निवेदन दोस्रोपटक अस्वीकार भएपछि छोरालाई भेट्न बलिउड अभिनेता शाहरुख खान बिहीबार अर्थर रोड जेल पुगेका छन् ।

    यही अक्टोबर २ मा क्रुजको ‘रेव पार्टी’मा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका आर्यन १९ दिनदेखि जेलमा छन् । आर्यन अहिले न्यायिक हिरासतमा छन् । यो १९ दिनमा खान परिवारबाट शाहरुख पहिलोपटक छोरालाई भेट्न जेल पुगेका हुन् ।

    गएको हप्ता शाहरुख र गौरी खानले आर्यनसँग १० मिनेट भिडियो कलमा कुरा गरेका थिए । यद्यपि, २३ वर्षीय आर्यन शाहरुखका म्यानेजर पूजा डडलानी र वकिलसँग भने सम्पर्कमा नै छन् ।

    बलिउड हंगामाका अनुसार शाहरुख छोरालाई भेट्न जेलमा जानु एक दिनअघि मात्रै महाराष्ट्र सरकारले कोरोना महामारीका कारण जेलमा भेट्न जान नपाउने नियम अन्त्य गरेको थियो ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस