• The Public Today
  • खानेपानी संस्थानका प्रमुखलाई हिलो दलेर जनकपुर बजार घुमाइयो


    शैलेन्द्र महतो
    जनकपुरधाम, कार्तिक ४ गते ।
    जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकताएहरुले नगर घुमाएको छ।

    अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले निमित प्रमुख कुशवाहालाई बिहीबार अर्धनग्न गरेर नगर घुमाएका हुन्।

    जनकपुरको रामानन्दचोकमा रहेको खनेपानी संस्थानको कार्यालयमा भाटासहित दर्जनौंको संख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपीटसमेत गरेका थिए।

    उनीहरुले निमित्त प्रमुख कुशवाहाहको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका छन्।

    जनमत पार्टीका एक कार्यकर्ताले निमित प्रमुख कुशवाहालाई जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोल स्थित रहेको सडक निर्माणमा ढल निकासको समस्याका लागि पटक पटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताए।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस