• The Public Today
  • अनन्या पाण्डेको घरमा एनसीबीको छापा


    द पब्लिक टुडे
    गौशाला, कार्तिक ४ गते ।
    बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेर उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन्।

    आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारवाही अघि बढाएको हो । आर्यनलाई पक्राउ गरेर कारवाही गरिरहेको एनसीबीले अभिनेत्री पाण्डेको घरमा समेत छापा मारेको छ।

    बिहीबार मध्यान्ह अनन्याको बान्द्रास्थित घरमा एनसीबीको टीमले छापा मारेको हो। उनलाई बयानका लागि समेत बोलाइएको छ। तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिंक रहे नरहेको बारे खुलाइएको छैन्। अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी पनि हुन्। एजेन्सी


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस