• The Public Today
  • रथबाट लडेर १० वर्षिय बालकको ज्यान गयो


    द पब्लिक टुडे
    गौशाला, कार्तिक ४ गते ।
    सिरहामा रथबाट लडेर एक बालकको ज्यान गएको छ ।

    सिरहा जिल्लाको सिरहा नगरपालिका–१२ सारस्वरका मोहम्मद इस्लाम राइनका १० वर्षीय छोरा जाहिद राइनको बुधबार बेलुका रथबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार रथबाट लडेलगत्तै रथको पाङ्ग्राले किचेको थियो । घाइते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उपचारको क्रममा ज्यान गएको ल्लिा प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जनाएका छन् ।

    प्रहरीले रथ नियन्त्रणमा लिए पनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस