• The Public Today
  • एसिड पीडित मुस्कानलाई प्रदेश २ सरकारको पाँच लाख सहयोग


    जनकपुरधाम, कात्तिक ९ गते । एसिड पीडित पर्साकी मुस्कान खातुनालाई थप उपचारको लागी प्रदेश २ सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रदेश २ सरकार मन्त्रीपरिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

    यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस