• The Public Today
  • ढल्केवरमा जनमत पार्टीको प्रदर्शन


    द पब्लिक टुडे
    ढल्केवर, कार्तिक ९ गते ।
    डा. सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध प्रत्येक पालिकामा प्रदर्शन गरेको छ ।

    पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलवार जनमत पार्टीका नेता कार्यकर्ताले हरेक पालिकामा मोटरसाइकल जुलुस प्रदर्शन गरेको हो ।

    यसैवीच धनुषाको मिथिला नगरपालिकामा पनि जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।

    भ्रष्टाचारीलाई कारबाही र आफ्ना कार्यकताको रिहाईको माग गर्दै पार्टीका मिथिला नगरपालिका कमिटी अध्यक्ष सरोज कुमार सिंहको नेतृत्वमा नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

    भ्रष्टाचारीलाई कारबाही गर, झुठा मुद्दा खारेज गर, जनमत पार्टी जिन्दावाद लगायतका नारा लगाउँदै नेता कार्यकर्ताहरुले नगरको विभिन्न भागमा परिक्रमा गरेका थिए । ढल्केवरस्थित कुशवाहा चोकबाट निकालिएको मोटरसाइकल ¥याली नगर परिक्रमा पश्चात पुनः ढल्केवरमा पुगेर कोणसभामा परिणत भएको जनमत पार्टीका स्थानीय नेता राजेश साहले जनाए ।

    गएको बिहीबार जनकपुरधाम स्थित संघिय खानेपानी तथा ढल निकास आयोजनाको जनकपुर कार्यालयका निमित आयोजना प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यबहार गर्ने १७ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । सोहि विरुद्धमा जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस