• The Public Today
  • गौशाला ऐमालेको नेतृत्वमा कुशवाहा


    धनवीर महतो
    गौशाला, कात्तिक १० गते ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम गौशाला नगर कमिटीको अध्यक्षमा अजय कुमार कुशवाहा चयन भएका छन् ।

    मंगलवार गौशालास्थित शिवनारायण चलचित्र मन्दिरमा भएको प्रथम अधिवेशनले उनलाई नगर अध्यक्ष बनाइयो । सचिवमा सत्यनारायण मण्डललाई जिताइयो । ७५ जनालाई नगर कार्य समितिमा सर्वसम्मत छनौट गरियो ।

    पार्टीका जिल्ला अध्यक्ष टेकवहादुर वलम्पाकीले नगरसभा केन्द्रविन्दु रहे । गौशालामा एमाले बलियो बन्दै गरेको नेताहरुले दावी पेश गरे ।

    गौशालमा एमालेले डंका पिट्छ
    –सोनेलाल रसाईली,
    स्थानीय नेकपा एमाले कार्यकर्ता

    पछिल्लो समयमा पार्टीका कार्यकर्ताहरुलाई एकीकृत गर्नका लागि सफल भएका छौ । जसले गर्दा अवको निर्वाचनमा एमाले पराजय नभईकन विजयीको डंका पिट्छ । हामी गौशाला नगरपालिकाभित्रमा एमालेलाई मवजुत बनाउनका लागि सफल भएका छौ । अबको तीनैतहको चुनावमा हाम्रो पार्टी विजयी हुनेछ ।

    होसियारी अपनाऔं
    –पदम वहादुर सुवेदी
    गौशाला नपाका तत्कालिन मेयरका प्रत्याशी
    नेकपा ऐमाल

    अहिलेको समयमा कुर्सीको लोभमा पार्टी प्रवेश गर्नेको संख्यामा ह्वातै बढेको छ । वढोत्तरी हुँदै गएको छ । उनीहरु पार्टी त प्रवेश गर्छन, काम पनि गर्छन तर स्वार्थका लागि । कुर्सी पाए ठिक्क नत्र पार्टी परित्याग गर्नका त्यसतालाई समय लाग्दैन । कार्यकर्तालाई पार्टी प्रवेश गराउदाँ यसतर्फ ध्यान जाओस् । हुन त बाटो भुलाउनेहरु पुनः घर फर्किन चाँहे उनीलाई रोकटोक गर्न मिल्दैन तर पनि अवसरवादीदेखि होसियार हुनु पर्छ । नत्र उनीहरुका स्वार्थका कारण पार्टीलाई ठुलै क्षति पनि हुन सक्छ ।

    केपी ओलीले जनमुखि काम गरे
    –प्रमोद कुमार महतो
    युवा संघका केन्द्रिय सदस्य

    नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जनमुखि कार्य गरेर लोकप्रियता कमाउन सफल भयो । शिक्षा, कृषि, स्वास्थ्य, सिचाई, रेलमार्ग, जनता आवासजस्ता कार्यक्रममार्फत उहाँ नेतृत्वको सरकारले उत्कृष्टाको पहिचान दिलाउन सफल भयो । जसको फलस्वरुप अहिले हरेक स्थान एमालेमय बन्दै गएको छ । अन्य पार्टी छोडेर एमाले रोज्नेहरुको लहर चलेको छ ।

    साझा आवाज उठाउँछौं
    –टेक बहादुर वलम्पाकी
    अध्यक्ष, नेकपा एमाले, महोत्तरी

    नेकपा एमाले सर्वहारा वर्गबाट उठेको ईतिहास छ । हामी स्थानीयस्तरका सवै वर्गका मुद्धालाई सम्बोधन गरेर कार्यसम्पादन गर्छौं । हाम्रो पार्टी शुद्धिकरण भएपछि अब समाजिक हामी रुपान्तरणका लागि पहिलो काम गर्छौं । दलित, पिछडा वर्ग, मधेशी, जनजातीहरुको साझा आवाज उठाछौं । अगामी दिनमा हरेकस्तरमा देशको नम्बर एक पार्टीको रुपमा स्थापित हुनेछ ।

    माओवादीका नेताले ईमान बेचे
    –बुद्धनीदेवी महतो
    पूर्वसभासद्
    तत्कालिन दशबर्षे जनयुद्धको समयमा हामीहरु दलितमुक्तिका लागि पनि आन्दोलन गरेका थियौ । तर, प्रयास असफल भयो । जनयुद्धमा हामीहरुले देखाएको ईमान्दारिता, त्याग, तपस्या र बलिदानीलाई बचेर तत्कालिन नेकपा माओवादीका नेताहरु कुर्सीका लागि ईमान भजाएर वेईमानी गरे । आन्दोलनको क्रममा सर्वहारावर्गलाई देखाएको सपना उनीहरुले कुर्सीसँग सम्झौता गर्दा दुःख लाग्यो । म एक मधेशी महिला भएर पनि साहसी देखाए तर जनमैत्री परिमाण नआउँदा पछिल्लो समयमा आएर माओवादी पार्टी त्याग गर्न बाध्य भएकी छु । अबको दिनमा सबैको सम्बोधन गर्ने एक मात्र पार्टी नेकपा एमाले हुनेछ ।

    गौशालामा एमाले मजवुत हुँदै
    –सारदा देवी थापा
    एमाले नेत्री तथा प्रदेशसभा सदस्य, प्रदेश नं. २
    विचार र सिद्धान्त मिलेपछि तत्कालिन नेकपा माओबादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकीकरण हुँदा हामी हर्षित भयौं । पार्टी मजवुत भएपछि कम्युनिष्टका प्रवर्तकहरुले देखाएको बाटोमा पार्टीलाई चलायमान गराउन सफल हुनेमा कार्यकर्ताहरु विश्वस्त थिए । उनीहरुले मनमस्तिष्कमा अनेकौ सपना सजाएका थिए तर, पार्टी फुटेपछि सवै चकनाचुर भयो । केन्द्रिय कमिटी पुर्णता नपाउँदै पार्टी दुई टुक्रा भयो । पार्टीका ईमान्दार कार्यकर्ताहरु अझ तटस्थ बसेका छन् । जुन धन्यवादका पात्र हुन् । अव त्यस्ता कार्यकर्ताहरुको सहयोगले पार्टी क्रमिक रुपमा अगाडि बढनेछ । विगतमा गौशालामा नेकपा एमालेको स्थिती कमजोर थियो तर अहिले महिलाहरुको सहभागीताले पार्टी मजवुत हुँदै गएको आभास हुदैछ ।

    एमाले जनमुखि पार्टी बन्छ
    –भीम वहादुर आले
    प्रदेश कमिटी सदस्य, प्रदेश नं. २
    नेपालमा कम्युनिष्टको संख्या आधा दर्जनको हाराहारीमा छन् । ती मध्य सिद्धान्त अनुसार एक मात्र पार्टी एमाले संचालन भइरहेका छन् ।अरु पार्टीको सिद्धान्तमा सर्वहाराको पक्षमा त्यस्तो कुनै सिद्धान्त नै छैन । एमाले ईतिहासमा सर्वहाराको हकमा लडाई लडेको पार्टी हो । यसले नै हरेक वर्गको समस्याको निदान गर्नका लागि सफल हुन्छ । अव देशमै ठुलो जनमुखि पार्टीको रुपमा एमाले स्थापित हुनेछ । आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, समाज


    प्रतिक्रिया दिनुहोस