• The Public Today
  • ‘चुपे चाप– हर्न छाप’ भन्दै मधेश तताउँदै सिके राउत


    राजकरण महतो
    काठमाडौं, कात्तिक १० गते ।
    डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशका सडकहरु तताएको छ ।पूर्व मोरङदेखि पश्चिमको बाँके—बर्दियामा दुई दिनदेखि प्रदर्शन गरिरहेका छन् । मधेशवादी दलहरु विरुद्ध उनीहरु आक्रोसित छन् ।

    भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आउँदो निर्वाचनका लागि मतदातासंग भोट मागिरहेका छन् ।आन्दोलनको दोस्रो दिन मंगलबार बाराको कलैयामा भने उनीहरुले आउँदो निर्वाचनका लागि भोट मागे ।

    चुपे चाप– हर्न छाप !
    डा. सि.के राउत जिन्दावाद !!

    जनकपुर घटनामा जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले चलाएको मुद्दा फिर्ता गराउन डा. राउतले आफ्ना समर्थकलाई सडकमा उतारेका छन् ।तर, आन्दोलनमा कार्यकर्ताहरु प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सरकार बिरुद्ध भन्छन् ःसाईकल चोर !
    देश छोर !!

    जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थान कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाइ हिलो छ्याप्दै गता बिहीबार दुव्र्यवहार गरेको घटनामा जनमत पार्टीका १७ जना कार्यकर्ता बिरुद्ध प्रहरीले अपराध उपद्र मुद्दामा मुद्दा चलाइसकेको छ ।

    यहि माहौलमा डा. राउत मधेशमा कार्तिक ८ गतेदेखि १६ गतेसम्मका लागि आइर्तबार साता व्यापी आन्दोलनको कार्यक्रम घोषण गरेको थियो । कार्यकर्ता छुटाउन जनमत पार्टीले मधेशका प्रमुख शहर, बजारहरुमा प्रदर्शन गर्दै सडक तताइरहेका छन् ।

    हाम्रो माग पूरा गर !
    भ्रष्टाचारीलाई कार्यवाही गर !!

    यस्तै नारा लगाउँदै बाँकेमा डा. राउतका समर्थकले चार्को नाराबाजी गरे । उनीहरुले यस्तो विरोधका कार्यक्रम तीन महिना अघिदेखि लगातार गर्दै आए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले बेटी बचाउ, बेटी पढाई कार्यक्रम अन्तर्गत साईकल खरिदमा अनियमिता गरेको आरोप लाग्यो । अख्यिारले छापाकारी ग¥यो । त्यसपछि जनमत पार्टी मुख्यमन्त्री कार्यालय घेरे । महोत्तरीको बर्दिबासस्थित अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेर्दै यस्तो नारा लगाए ः

    मधेशी जनता के भन्छ ?
    भ्रष्टाचारीलाई जेल दे भन्छ !

    भ्रष्टाचारी निर्मुल पार्नु पर्ने माग राख्दैं सिरहामा जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा पक्राउ कार्यकर्ताको रिहाईको माग गरे । र भने ः
    भ्रष्टाचार विरुद्ध हाम्रो आन्दोलन जारी छ !
    गिरफ्तार स्वराजीलाई रिहा गर,
    भ्रष्ट सरकार, राजिनामा दे !!

    भ्रष्टाचार बिरुद्धको आन्दोनमा मंगलबार सिरहाको कञ्चनरुप नगरपालिकामा प्रदर्शन गर्दै देशमा नेताहरुको राज आएको भन्दै कडा बिरोध गरियो ।

    नेता राज – मुर्दाबाद मुर्दाबाद !!
    जनता राज – जिन्दाबाद, जिन्दाबाद !

    जनमत पार्टीले उठाएका मागहरु समय सापेक्ष छ । जनताको पक्षमा देखिन्छन् । तर, उनीहरुले भ्रष्टाचार नियन्त्रण तथा सरकारी कार्यालयको ढिलासुस्तीको विरोध गर्न अपनाएको बाटो कानुन विपरित रहेको छ । केही दिन अघि जनकपुरामा ढल व्यवस्थान नगरे भ्रष्टाचार गरेको भन्दै जनतम पार्टीका कार्यकर्ताले कानुन हातमा लिएर कार्यालय भित्रबाट इन्जिनियरलाई तानेर हुर्मत लिए । यो घटनाको देश व्यापी रुपमा कडा विरोध भइरहेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस