• The Public Today
  • मन पर्ने पार्टनर भेटिसकेँ, अब विवाह गर्छु : रेखा


    द पब्लिक टुडे
    गौशाला, मंसिर ७ गते ।
    नेपाली चलचित्रका नायिका रेखा थापाले आफू विवाह गर्ने तयारीमा रहेको बताएकी छन्।

    नायिका थापाले सिनेपाटीलाई अन्तर्वार्ता दिँदै भनिन्, ‘आफूले मन पर्ने मानिस भेटिसकेको र चाँडै विवाह गर्ने छु ।’

    ‘गर्छु डेफिनेट्ली गर्छु विवाहको एगेन्समा म होइन, मलाई लाग्छ एउटा पुरुषबिना नारी र नारीबिना पुरुष अपूरो हुन्छ, यो सृष्टि चलाउनलाई पनि र एकअर्काको सारथिका हिसाबले पनि’, नायिका थापाले भनेकी छन्, ‘डेफिनेट्ली म एउटा मन मिल्ने र विचार मिल्ने अनि आत्मीयता मिल्ने र, सँगै यात्रामा हिँड्दा सहज महसुस हुने पार्टनर आएपछि, आउनेवाला छ, भेटिसक्या छु।’

    तर उनले कोसँग र कहिले विवाह गर्ने भन्ने कुरा खुलाइनन्। विचार गरिरहेको मात्र बताइन्।

    एक वर्षअगाडिसम्म विवाह भनेपछि डर लाग्ने आफू समयसँगै परिवर्तन भएको उनले बताएकी छिन्।

    ‘एक वर्षअगाडि पनि मलाई विवाह भनेपछि डर लाग्थ्यो, मबाट हुँदैन यो जस्तो लाग्थ्यो’, नायिका थापाले भनिन्, ‘तर टाइम चेन्ज हुँदो रहेछ। विवाह गर्छु म ।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस