• The Public Today
  • ‘सुपरस्टार युगको अन्त्य’बारे के भन्छन् सलमान ?


    मुम्बई, मंसिर ८ गते । बलिउडका ुसुपरस्टारु को नाममा अभिनेता सलमान खान पर्छन् । अहिले उनी आफ्नो नयाँ चलचित्र ‘अन्तिमः द फाइनल ट्रुथ’ को प्रचारप्रसारमा व्यस्त छन् ।

    चलचित्रको प्रमोसनको क्रममा पत्रकारबाट डिजिटल प्लेटर्फमले ‘सुपरस्टार युगको अन्त्य’ हुन लागेको हो भन्ने जिज्ञासामा सलमानले बोलेका छन् ।

    सलमान भन्छन्, “हामी जान्छौँ, कोही अरू आउनेछ । सुपस्टारको युग जान्छ जस्तो मलाई लाग्दैन । यो कहिल्यै पनि जाँदैन । यो सधैँ त्यहाँ रहने छ । तर, अब यो धेरै कुरामा भर पर्नेछ, चलचित्रको रोजाइ, वास्तविक जीवनमा तपाईं कस्तो हुनुहुन्छ र अरू कुरा । यो पूर्ण प्याकेज हो । यो नयाँ पुस्ताको आफ्नै सुपरस्टारडम हुनेछ ।”

    सलमानले स्टारहरूको जमाना सकियो भन्ने भनाइ आफूले पछिल्लो चार पुस्तादेखि सुन्दै आइरहेको पनि बताए । “हामी यो नयाँ पुस्तालाई सजिलै लिन दिने छैनौँ । हामी उनीहरूलाई हस्तान्तरण गर्दैनौँ । मेहेनत गर्नुहोस्, हामी ५० प्लसमा पनि मेहेनत गरिरहेका छौँ, तपाईं पनि मेहेनत गर्नुस् ।” बलिउड हंगामाबाट ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस