• The Public Today
  • थप ३ सय ३२ जनामा संक्रमण पुष्टि


    काठमाडौं,मंसिर ८ गते । देशभर पछिल्लो २४ घन्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जना गरी ३ सय ३२ जनामा संक्रमित भेटिएका हुन्।

    यस्तै आज ४ जना संक्रमितको ज्यान गएको छ भने २ सय ३२ जना निको भएका छन्। हाल देशभर ७ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज, स्वास्थ्य


    प्रतिक्रिया दिनुहोस