• The Public Today
  • पीएसजीविरुद्ध सिटीको उत्कृष्ट पुनरागमन


    एजेन्सी,मंसिर ९ गते । एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेनलाई २-१ गोलले पराजित गरेको छ । जीतसँगै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।

    खेलको ५० औँ मिनेटमा किलियान एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाए पनि राहिम स्टर्लि र ग्याब्रियल जिसुसले गोल गर्दै पेप ग्वार्डिओलको टोलीलाई शानदार जीत दिलाए । जीतसँगै समूह ए को शीर्ष स्थानमा सिटीको १२ अंक रहेको छ भने पीएसजी ८ अंकसहित दोस्रो स्थानमा छ । हारका बावजुद पीएसजीले पनि नकआउट चरणमा स्थानमा बनाएको छ । समूहको अर्को खेलमा आरबी लेइपजीगले क्लब ब्रगलाई ५-० गोलले हरायो । अन्तिम खेलअघि दुवै टोलीको ४-४ अंक मात्र रहेको छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस