• The Public Today
  • लिभरपुलको शतप्रतिशत रेकर्ड कायम


    एजेन्सी : पोर्टोमाथि सहज जित निकाल्दै लिभरपुलले यो सिजन च्याम्पियन्स लिगमा आफ्नो शत प्रतिशत रेकर्ड कायम राखेको छ । बुधबार राति भएको खेलमा लिभरपुल २–० गोलले विजयी बन्यो ।

    लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५२ औँ मिनेटमा थियागोले २५ यार्ड टाढाबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यो सिजन थियागोको यो पहिलो थियो । ७० औँ मिनेटमा मोहमद शलाहले अर्को गोल थप्दै लिरभपुलको जीत सुनिश्चित गरे । 

    समूह बीमा रहेको लिभरपुले यसअघि नै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने पोर्टो ५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    उता, एसी मिलानले एथ्लेटिको म्याड्रिडलाई १–० गोलले हराउँदै अन्तिम १६ मा पुग्ने आशा कायम राखेको छ । मिलान र एथ्लेटिको दुवैको ४–४ अंक रहेको छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस