• The Public Today
  • अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु


    ढल्केवर, मंसिर ९ गते । अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वव्यापी रुपमा मनाउँदै आएको १६ दिने अभियान आजबाट सुरु भएको हो ।

    यसैबीच ओरेक नेपालले ‘घर र समाजको ऐक्यवद्धता, लैगिक हिंसा विरुद्ध शुन्य सहनशीलता’ भन्ने मूल नाराका साथ महिला हिंसाविरुद्ध १६ दिवसीय अभियानको सुरुवात गरेको छ ।

    ओरेक नेपाल धनुषाले बुधवार पत्रकार सम्मलेन गरी १६ दिवसीय कार्यक्रम सार्वजानिक गरेका छन् । त्यस अनुसार नोभेम्बर २५ मा जनकपुरधाममा महिला विरुद्धको हिंसा अन्त्यका लागि रयाली गर्ने, नोभेम्बर २६ मा लक्ष्मीनियाँ र मिथिला नगरपालिकामा स्कुल शिक्षा लैगिक हिंसा, बाल विवाह विरुद्ध १६ दिने अभियानको बारेमा जानकारी दिदै महिला हिंसाबारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

    यस्तै नोभेम्बर २९ मा जनकपुुरमा महिला मानव अधिकार रक्षक संजालमाथि भएका हिंसाका घटनामाथि छलफल र लक्ष्मीनियाँ गाउँपालिकामा हिंसा प्रभावित महिलाहरुलाई दिगो जिविकोपार्जनमा सहयोगको लागि बिऊ पुँजी वितरण गर्ने, नोभेम्बर ३० मा मिथिला र लक्ष्मीनियाँ गाउँपालिकामा हानिकारक परम्पराविरुद्ध अभिमुखिकरण कार्यक्रम महिला समुहरुको सहयोगमा गर्ने कार्यक्रम रहेको ओरेक नेपाल धनुषाले जनाएको छ ।

    त्यसैगरी डिसेम्बर १ र २ मा विश्व एड्स दिवस मनाउने, डिसेम्बर ५ मा विश्व स्वयंसेवक दिवसको अवसरमा मिथिला नगरपालिकामा न्यायिक समितिलाई २ दिने तालिमको आयोजना गरिने, डिसेम्बर ५ मा महिला स्वयसेविकाहरुलाई महिला मानवअधिकार रक्षकको विषयमा अभिमुखिकरण गरिने, डिसेम्बर ६ मा महिला सहिदहरुको सम्झनामा जनकपुरधाम, मिथिला नगरपालिका, धनुषाधाम र बटेश्वर गाउँपालिकामा दिप प्रज्वलन कार्यक्रम गरिने, डिसेम्बर ६ मा महिला अधिकार रक्षक संजालले सचेतिकरणको लागि पर्चा पम्पलेट वितरण गर्ने र डिसेम्बर १० मा महिला मानव अधिकारकर्मीहरु लगायतले जनकपुरधाममा मानव अधिकार दिवस मनाउने तालिका रहेको ओरेक नेपाल धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले जानकारी दिइन् ।

    उनका अनुसार महिला हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेका थिए । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तराष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाइन्छ । विश्वभरमा ३० वर्षदेखि वर्षेनी १६ दिवसीय अभियान संचालन गरिदै आएको छ । नेपालमा भने २०५४ सालदेखि १६ दिने अभियानको शुरुवात भएको ओरेक नेपालले जनाएको छ ।

    घरमूली महिललालाई वीउ पूँजी वितरण

    ओरेक नेपाल धनुषाले एकल तथा घरमूली महिलाहरुलाई वीउ पूँजी वितरण गरेको छ । मिथिला नगरपालिकाका ९ जना हिंसा प्रभावित तथा एकलमुली महिलाहरुलाई प्राथमिकतामा राखेर जनही २० हजारको दरले आर्थिक सहयोग गरिएको ओरेक नेपाल धनुषाका परियोजना संयोजक बछारले जानकारी दिइन् ।

    उनीहरुलाई बुधवार एक कार्यक्रमकाबीच मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको हातबाट २० हजारको दरले चेक प्रदान गरिएको परियोजना संयोजक बछारले जनाइन् ।

    अगुवा महिलाहरुलाई नेतृत्व विकास तालिम

    ओरेक नेपाल धनुषाले एकल घरमुली महिला तथा हिंसा पीडित महिला समूहका अगुवा महिलाहरुलाई महिला अधिकार र नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ । ओरेक नेपाल धनुषाको आयोजना तथा मिथिला नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकको सहकार्यमा सो समूहका महिलाहरुलाई ३ दिनको तालिम दिएको हो ।

    तालिममा राष्ट्रिय मानव अधिकार आयोगकी मनमाया राण मगर, लैंगिक हिंसा समूहकी शुभद्रा आले, यौनिक तथा अल्पसंख्यक समूहका जुन चौधरी, ओरेक नेपालका तारा लामा, विकास बन्जारा, विना सिंह र मञ्जु महतोले प्रशिक्षण दिएको ओरेक नेपाल धनुषाका परियोजना संयोजक बछारले बताइन् ।

    ओरेक नेपाल धनुषाका कार्यक्रम अधिकृत विणा सिंहका अनुसार तालिममा दुवै पालिका भरिका एकल घरमुली महिला तथा हिंसा पीडित महिला समूहर्का २४ जना अगुवा महिलाहरुको सहभागिता रहेको थियो । मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म चलेको तालिममा लैगिक हिंसा, मानवअधिकारलगायत घटना न्युनिकरणका लागि गरिने प्रयासलगायतको सवालमा प्रशिक्षण दिइएको कार्यक्रम अधिकृत सिंहले बताइन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस