• The Public Today
  • जसपा नेता यादवमाथि कारबाही, केन्द्रीय सदस्य पद खोसियो


    काठमाडौं, मंसिर ९ गते । जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ ।

    नेता यादवलाई पार्टी विभाजनको प्रयास गरेको र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा कारबाही गरिएको हो ।

    मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए । पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले आरोप अस्वीकार गरेका छन् ।

    बुधबार सकिएको जसपा बैठकले यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । एक नेता भन्छन्, ‘यदि झण्डा जलाएको पुष्टि भयो भने केन्द्रीय सदस्यबाट हटाउने निर्णय कायमै रहन्छ, नभए जिम्मेवारीमा फर्कन्छन् ।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस