• The Public Today
  • जनकपुर : विश्वविद्यालयमा आन्दोलनरत ११ शिक्षक प्रहरी नियन्त्रणमा


    द पब्लिक टुडे
    जनकपुरधाम, मंसिर ९ गते ।
    राजर्षि जनक विश्वविद्यालयमा आन्दोलनरत ११ जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका सबैजना सोही विश्वविद्यालयका कोर्स कन्ट्रयाक्ट शिक्षकहरू हुन् । उनीहरूले दरबन्दी कोटामा स्थायी गर्नुपर्ने माग गर्दै चार महिनादेखि आन्दोलन गर्दै आएका छन् । केही दिनदेखि आन्दोलनरत शिक्षकहरूले तालाबन्दी गर्दै आएका थिए । अस्पताल प्रशासनले प्रहरीको सहयोगमा ताल्चा फुटाउने गरेको थियो ।

    आजपनि उनीहरूले विश्वविद्यालयमा तालबन्दी गरेका थिए । तालाबन्दी खुलाउन गएको प्रहरीलाई आन्दोलनरत शिक्षकहरूले अवरोध गर्न खोजेपछि पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

    पक्राउ परेका शिक्षकहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाक्टमा काम गरिरहेका ३५ जना आंशिक शिक्षकहरू स्थायी नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, शिक्षा


    प्रतिक्रिया दिनुहोस