• The Public Today
  • एमाले महाधिवेशन : उद्घाटन अघि नै ढल्यो स्वागतद्वार


    द पब्लिक टुडे
    गौशाला, मंसिर ९ गते ।
    नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्किएको छ। औपचारिक रुपमा उद्घाटन हुनुअघि नै सौराहको हातीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किएको हो।

    चितवनमा मुख्य र सहायक गरी एमाले महाधिवेशनका लागि ४५ गेट बनाइएका छन्। जसमध्ये एक स्वागतद्वार भत्किएको हो।

    एमाले महाधिवेशन शुक्रबार औपचारिक रुपमा उद्घाटन हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस