एमाले महाधिवेशन : १६ मध्ये पाँच क्लस्टरबाट १९ केन्द्रीय सदस्य निर्विरोध

जुलीकुमारी महतो । तस्विरः फाइल

चितवन, मंसिर १३ गते । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पाँचवटा क्लस्टरका १९ जना नेता निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको पहिलो सूचीअनुसार भूगोलबाहेकका १६ वटा क्लस्टरमध्ये पाँचवटा क्लस्टरबाट १९ जना निर्विरोध निर्वाचित भएका हुन् ।

दलित महिला क्लस्टरबाट विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्वाचित भएका छन् । मधेसी महिला क्लस्टरबाट कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव) निर्वाचित भएका छन् ।

थारु महिला क्लस्टरबाट गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् । श्रमिक पुरुष क्लस्टरबाट विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा तथा श्रमिक महिला क्लस्टरबाट मञ्जुकुमारी थापा मगर र सीता लामा निर्विरोध निर्वाचित भएका छन् ।