• The Public Today
  • लमजुङमा भूकम्पको धक्का महसुस


    लमजुङ,मंसिर १३ गते।लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

    लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ । रासस


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस