द पब्लिक टुडे
गौशाला, मंसिर १५ गते । महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।
लोहारपट्टी नगरपालिका– ६ बजारनजिकै घर भएका सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुवि मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
मंगलबार राति मण्डलको आफ्नै घर नजिक अज्ञात समूहले टाउकोसहितको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले जानकारी दिए ।
बिहान महिलाको हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले उनलाई बोलाएर घरबाट केहि पर लगि धारिलो हतियार प्रहार गरेर हत्या गरेको मृतकका छोराले बयान दिएको प्रहरीले जनाएको छ ।
टाउको र घाँटीमा धारिलो वस्तुले प्रहार गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । हत्या गर्नेहरूको पहिचान र कारण खुल्न नसकेको र अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।