राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीले लिए सपथ

फाइल फोटो

काठमाडौं, मंसिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सपथ लिएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सपथ समारोहमा उनीसहित पदाधिकारीहरुले ईश्वरको नाममा सपथ लिएका छन्।

काठमाडौंमा भएको एकता महाधिवेशनमा उनले प्रतिद्वन्द्वी कमल थापालाई पराजित गरेका थिए। आइतबार बिहान सम्पन्न मतपरिणाममा लिङ्देनले थापालाई २ सय मतले पराजित गरेका थिए।

Advertisement

अध्यक्षमा पराजित भएपछि आकांक्षी थापाले पूर्व राजा ज्ञानेन्द्र शाहसँग आक्रोश पोखेका थिए। उनले ज्ञानेन्द्र शाहकै कारणले आफू पराजित भएको समेत सामाजिक सञ्जालहरुमा आक्रोश पोखेका थिए ।