ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Facebook
Twitter
WhatsApp
Print

देवराज सुवेदी

सिन्धुपाल्चोक, पुस १५ गते।

मुलुकभर चिसो बढेर नागरिकहरू प्रभावित हुँदै गर्दा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का ज्येष्ठ तथा असक्त असहाय नागरिकहरूलाई न्यानोका लागि ज्याकेट वितरण गरिएको छ ।

नेकपा एमाले बलेफी–६ नंम्वर वडा कमिटीको आयोजना र समाज सेवी, नेकपा एमालेका नेता भरत पराजुलीको व्यवस्थापकीय सहयोगमा वडाका ३ सयभन्दा बढी लक्षित नागरिकहरूले यो सुविधा पाएका हुन ।

“ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित न्यानो कपडा वितरण गरिएको हौँ”, समाजसेवी पराजुलीले भन्नुभयो, “उहाँहरूले सकुन्जेल हामीलाई सहयोग गर्नुभयो, उत्प्रेरणा भर्नुभयो अव हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको हो ।”

बलेफी –६ का ज्येष्ठ तथा अशक्त नागरिकहरूलाई खादासहित सम्मान गर्दै न्यानो ज्याकेट वितरण गरिएको हो ।

स्थानीय सङ्घ तथा प्रदेशसभा निर्वाचनमा सहभागी मतदाताहरूलाई धन्यवादसहित ज्येष्ठ नागरिकलाई सम्मान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको एमाले बलेफी–६ का वडा कमिटीका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिनुभयो ।

आफूसँग पैसा भएर पनि सुविधा लिन नसक्ने अवस्था भएका र परिवारका सदस्यहरू साथमा नभएका ज्येष्ठ नागरिकहरूको अवस्थालाई मध्य नजर गर्दै यो सेवा क्षेत्रमा आफूले केही लगानी गरेको समाज सेवी भरत पराजुलीले बत्ताउनुभयो ।

नेकपा एमालेले विभिन्न लक्षित समुदायहरूका लागि यस्ता सिर्जनात्मक कामहरू गर्दै आएको र यसलाई ठाउँ अवस्था अनुसार निरन्तरता दिँदै जाने पार्टी जिल्ला कमिटीका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।

चिसोका कारण आफूहरूलाई विभिन्न स्वास्थ्य समस्या हुने गरेको ज्येष्ठ नागरिक सुनमाया तामाङले बत्ताउनुभयो ।

यो न्यानो कपडा ज्याकेटले धेरै सुविधा हुने र अव एक पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिदिए अझ सजिलो हुने स्थानीय बाटुली बिकको अपेक्षा छ ।

यस वडाको मांखा स्थित कुवा पानी, भन्ज्याङ र तल्लो जालवारी लगायतका बस्तीमा ज्याकेट वितरण गरिएको छ ।

कार्यक्रम प्रभावकारी देखिएकाले अन्य बस्ती र वडाहरूमा पनि यसलाई बिस्तारको प्रयास गरिने समाज सेवी तथा व्यवसायी पराजुलीले बताउनुभएको छ ।

मेलम्चीको कार्यपालिका बैठक जलवायु सम्मेलन स्थलमा
मेलम्ची नगरपालिकाले गुफाडाडामा आफ्नो कार्यपालिका बैठक गर्ने भएको छ ।

यही पुस १७ गते जलवायु सम्मेलन पार्क, गुफा डाँडामा बैठक गर्न लागिएको सूचना मार्फत जानकारी गराइएको छ ।

नगर स्तरीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन समितिको बैठक बस्ने भएको हुँदा नगर स्तरीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन समितिका सदस्यहरूमा अनिवार्य उपस्थिति हुन भनिएको छ ।

उक्त स्थानमा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि समितिले प्रत्येक बर्ष जलवायु सम्मेलन दिवस मनाइँदै आएको थियो ।

यो वर्षको सम्मेलनको मिति आइतबार तोकिने नगरपालिकाले जनाएको छ । गत बर्ष दिवसको अवसर पारेर रेस्लिङ खेल आयोजना गरेको थियो ।

बैठक पुस १७ गते बिहान ११ः०० बजे बस्ने सूचनामा उल्लेख गरिएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार