मनकामना कृषि सहकारीको चौथो साधारणसभा सम्पन्न

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे
ढल्केवर, पुुस १५ गते ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित मनकामना कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । मिथिला नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष नन्दकिशोर यादवको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष संतोष कुमार महतोको अध्यक्षतामा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको अवसरमा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक हरिलाल महतोले लेखा प्रतिवेदन तथा आगामी कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत वार्षिक प्रतिबेदनमा सदस्यहरुलाई उधमशिल तथा ब्यवसायिक तालिम, सहकारी शिक्षा प्रदान गर्ने तथा सदस्यहरुको ऋणको बिमा गर्ने उल्लेख छ ।

आर्थिक वर्ष २०७८÷७९ मा संस्थाले ५८ लाख १६ हजार रुपैयाँ ऋण लगानी गरेको संयोजक महतोले बताए । उनका अनुसार सोही आर्थिक वर्षमा ४२ लाख ५६ हजार ५ सय २५ रुपैयाँ बचत संकलन भएको छ । ९१ पुरुष र ६१ महिला गरी १५२ जना सदस्य रहेको उक्त संस्थाको शेयर पूँजी ३१ लाख ७४ हजार ८ सय रुपैया रहेको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष महतोले सञ्चालक समितिको तर्फबाट प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापक मुकेश कुमार यादवले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा कृषि उपज बजार समितिको अध्यक्ष बुधेश्वर महतो, मिथिला नगरपालिका सहकारी शाखाका उमेश कुमार महतो, सहकारी संचालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, विभिन्न उपसमितिका सदस्यलगायत शेयरसदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार