जाडोमा खोकी, सर्दी, ज्वरो देखिनु कोरोना हो कि अरू ?

Facebook
Twitter
WhatsApp
Print

काठमाडौँ, पुस १५ गते ।

चीन, जापानलगायत विश्वका धेरै देशमा कोरोना संक्रमित बढ्दै गएपछि मानिसमा चिन्ता बढेको छ। योसँगै कोरोनालाई लिएर सर्वसाधारणमा विभिन्न प्रश्न उठिरहेका छन्।

कोभिडको सन्दर्भमा उठ्ने केही महत्त्वपूर्ण प्रश्नको जवाफ यस्तो छ। केही विरामीले सोधेका प्रश्नमा वरिष्ठ चिकित्सक डा। अनिल बंसलको जवाफ।

१. म मधुमेहको विरामी हुँ। धेरै दिनदेखि रुघाखोकी लागेको र छाती दुख्छ। के गरौँरु

मधुमेह रोगीको रोग प्रतिरोधात्मक क्षमता पहिलेदेखि नै कमजोर हुन्छ। यतिखेर निकै जाडो छ। रुघाखोकी लागेको एक हप्ताभन्दा बढी भयो भने डाक्टरलाई देखाउनु उचित हुन्छ।

२. कोरोनाको नयाँ भेरियन्टबाट बच्न के सावधानी अपनाउनु आवश्यक छरु के यो पुरानो भेरियन्टभन्दा खतरनाक छरु

कोरोनाबाट बच्ने केही उपाय छन्। मास्क लगाउनुहोस्, भीडभाडबाट टाढा रहनुहोस्, हात सफा राख्नुहोस्, स्वस्थ आहार लिनुहोस्।

हालसम्मका प्रतिवेदनअनुसार यो नयाँ भेरियन्ट ओमिक्रोनको सब(भेरिएन्ट पनि हो। यसको संक्रमण दर तीव्र छ तर यो घातक छैन‚ सामान्य छ।

३. कोरोनाको नयाँ संस्करण आउँदै छ। यसबाट कसरी बच्ने ?

भाइरसले छिटै आफ्नो रूप बदल्छ। त्यसैले भाइरसका बारेमा मूल्याङ्कन गर्न गाह्रो हुन्छ। नयाँ भेरियन्ट त्यति खतरनाक नभएका प्रतिवेदन आएका छन्‚ यो राहतको कुरा हो।

४. मैले सन् २०२१ मा दुई डोज खोप लिएको थिएँ। अब तेस्रो डोज लिनुपर्छ तर यो भ्याक्सिन पाइन्न। यस्तो अवस्थामा कुन खोप उपयुक्त हुन्छ ?

पाएसम्म तपाईंले लगाएको भ्याक्सिनको बुस्टर डोज लगाउनु होस्। उक्त खोप उपलब्ध छैन भने तपाईंले कोभ्याक्सिन वा कोभिशिल्डलाई बुस्टर डोजको रूपमा लिन सक्नुहुन्छ।

५. कोभ्याक्सिनको दुई डोज लगाएँ। मैले तेस्रो खोपको लागि कोभ्याक्सिन वा कोभिशिल्ड लिन सक्छु ?

तपाईंले कोभ्याक्सिनलाई बुस्टर डोजको रूपमा लिने प्रयास गर्नुपर्छ। यसका लागि तपाईंले आफ्नो क्षेत्रको सम्बन्धित खोप केन्द्रमा गएर जानकारी लिनुहोस्।

६. म ७४ वर्षको भएँ। म मधुमेह र मुटुको रोगी हुँ। चिसो र कोरोनाबाट बच्न के के सावधानी अपनाउनु पर्छ ?

चिसो मौसममा कोरोनाको खतरा हुन्छ। सजग भयो भने दुवैबाट बच्न सकिन्छ। चिसोबाट बच्न घाम उदाएपछि मात्रै बाहिर निस्कनुहोस्।

पूरै शरीर न्यानो कपडाले ढाक्नुहोस्। घाम लागेपछि मात्रै प्रातः भ्रमणमा निस्कनुहोस्। यसले चिसो कम हुन्छ र प्रदूषणको प्रभाव पनि कम गर्छ।

कोरोनाबाट बच्न मास्क लगाउनु सबैभन्दा जरुरी छ। त्यसैले घरबाहिर निस्कँदा मास्क लगाउनुहोस् र भीडमा नजानुहोस्।

७. पछिल्ला २ दिनदेखि घाँटी र टाउको दुखेको छ। बुस्टर डोज लिएको ठ्याक्कै एक वर्ष भयो। के मलाई कोरोना हुन सक्छ ?

अहिलेको सिजन भाइरलको छ। मौसमी फ्लु र कोरोनाका लक्षण धेरै हदसम्म मिल्छन्। त्यसैले चिन्ता नगर्नुहोस्।

धेरै समस्या छ भने डाक्टरको सल्लाह लिनुहोस् र कोभिड परीक्षण गराउनुहोस्।

८. गर्भवती महिलालाई रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, रुघाखोकी लागेमा के सावधानी अपनाउनेरु यस्तो वेला बुस्टर डोज लिन सकिन्छ ?

गर्भवती महिलाले सेवन गर्ने औषधिले गर्भमा रहेको शिशुलाई असर गर्छ। त्यसैले गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना जथाभावी औषधि खानु हुँदैन। उनलाई बुस्टर डोज लिन भने कुनै समस्या छैन।

९. मेरा बुबाको उमेर ९५ वर्ष भयो। अहिलेसम्म खोप लगाउनु भएन। अब के गरौँ ?

वृद्धवृद्धाका लागि खोप आवश्यक छ। यदि अहिलेसम्म उहाँले खोप लगाउनु भएको छैन भने तुरुन्तै लगाउनुहोस्। सम्बन्धित क्षेत्रको स्वास्थ्य केन्द्रमा जानुहोस्।

१०. कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति कसरी कोरोनाबाट जोगिने ?

सबैभन्दा पहिले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुको कारण पत्ता लगाउनुहोस्‚ रोग वा उमेर के कारणले भएको हो।

रोगका कारणले हो भने उपचार गर्नुहोस्। उमेरका कारणले हो भने स्वस्थ जीवनशैली अपनाउनुहोस्, आहारविहारमा विचार पुर्‍याउनुहोस्। ध्यान गर्नुहोस्।

नवभारतटाइम्स

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार