द पब्लिक टुडे
ढल्केवर, पुस १५ गते ।
धनुषाको ढल्केवरस्थित रहेको मिथिला ब्याडमिन्टन क्लबले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विद्यार्थीहरुको प्रतिभा पहिचान र प्रोत्साहित गर्ने उद्देश्यले अतिरिक्त क्रियाकलापको आयोजना गरेर क्लबले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
विद्यार्थीहरुको प्रतिभा प्रस्टफुटन होस् भन्ने उद्देश्यले नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ(क्वीज) र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेर साधारणसभा मनाएको क्लवका अध्यक्ष सन्तोष कुमार महतोले बताए । हाजिरी जवाफ प्रतियोगितामा ८ वटा माध्यमिक विद्यालय र ब्याडमिन्टर प्रतियोगितातर्फ ६ वटा विद्यालयले भाग लिएको उनले जानकारी दिए ।
प्रतियोगितामा हाजिरी जवाफतर्फ महेन्द्र माध्यमिक विद्यालय ढल्केवर प्रथम, चिल्ड्रेन्स् गार्डेन इंगलिस बोर्डिङ्ग स्कूल ढल्केवर द्वितिय र जनता माध्यमिक विद्यालय नकटाझिज तृतिय स्थान ल्याएको अध्यक्ष महतोले बताए ।
उनका अनुसार ब्याडमिन्टन प्रतियोगितामा चिल्ड्रेन्स् गार्डेन इंगलिस बोर्डिङ्ग स्कुलले जित हाँसिल गरे भने महेन्द्र माध्यमिक विद्यालय उपविजेतामा सिमित भए । प्रतियोगितामा विजयी भएकाहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित साधारणसभाबाट पुरस्कृत गरिएको थियो ।
मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतमा सम्पन्न साधारणसभामा मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह(सन्तोष), जिल्ला खेलकुद विकास समितिका अधिकृत विनोद कुमार सिंह, कबडी खोखो खेलकुदका केवल राउतलगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।