लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, पुस १६ गते ।

संघीय संसद्का सदस्यले’लोगो’ लगाउन पाउँछन् ।’लोगो’ का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ ।

संसद् भवनभित्र प्रवेश गर्दा’लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।

मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ ।

राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन् । अहिले सांसदका लागि भनेर चार सय’लोगो’ बनाइएको छ ।

प्रतिलोगोको मूल्य ५६ सय परेको छ । चार सय’लोगो’ बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ ।

अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका’लोगो’ अझै फिर्ता गरेका छैनन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै’लोगो’ फिर्ता गरेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार