सुशासन र सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्रीको निर्देशन

Facebook
Twitter
WhatsApp
Print

काठमाडौँ, पुस १६ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएको हो ।

प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार