गाडीलाई रोकेर लुटपाट गर्ने समूह नियन्त्रणमा

File photo

काठमाण्डाै,पुस २१ गते । पूर्व–पश्चिम राजमार्गमा गुड्ने गाडीलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो। नियन्त्रणमा लिईएकामा दुर्गा टमटा,सन्तोष पहाडीलगायत छन् । अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लुटपाटमा संलग्न उनीहरु बा१४च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ । उज्यालो