आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

काठमाडौं,पुस २७ गते । कोरोना भाईरसको संक्रमण दर बढ्न थालेसँगै सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ ।

यहि २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन । सरकारले यसअघि नै विश्वविद्यालयहरुले तोकेका परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।