• The Public Today
  • महोत्तरी : कटुधारबाट एक प्रहरी नियन्त्रणमा


    द पब्लिक टुडे
    गौशाला, माघ १२ गते ।
    महोत्तरीको कटुधारबाट लागुऔषधसहित एकजना प्रहरी नियन्त्रणमा परेका छन् ।

    पक्राउ पर्नेमा बर्दिबास नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी २५ वर्षिय आनन्द कुमार बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

    सम्सीबाट गौशला तर्फ आउँदै गरेको अटोलाई औरही नगरपािलका–४ कठुधार स्थित अस्थाई प्रहरी पोष्ट कठ्ठुधारबाट खटिएको प्रहरीले नियमित चेक जाँचको क्रममा अटोमा सवार बस्नेतको साथबाट नाईट्राभेट–१० लेखिएको २० ट्याब्लेट लागु औषधी फेला परेको प्रनाउ विष्टले बताए ।

    पक्राउ परेका बस्नेतलाई लागुऔषध सहित नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दिन ५ म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशाला राखि थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक विष्टले बताए ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस