भयावह बन्दै कोरोना : एक सातामै ५५ जनाको ज्यान गयो

फाइल फोटो

काठमाडौं, माघ १३ गते । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उकालो लाग्दो क्रममा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार पछिल्लो एक सातामा ५५ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसरी हेर्दा दैनिक औसत ८ जनाको मृत्यु भइरहेको छ ।

गत शुक्रबारदेखि आज बिहीबारसम्म संक्रमणबाट ५५ जनाको मृत्यु भएको हो । 

गत शुक्रबार ३, शनिबार १६, आइतबार ४, सोमबार ४, मंगलबार ८ जनाको संक्रमणबाट मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५ र आज बिहीबार एकैदिन १५ संक्रमितको मृत्यु भएको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममा रहेको छ ।