• The Public Today
  • जिल्लाकै ज्येष्ठ नागरिकको ज्यान गयो


    मङ्गलबारे, माघ २९ गते । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो ।

    उनको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उनको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका पाँच छोरा र दुई छोरी छन् । उहाँ बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उहाँसँग धेरैले आशिष थाप्न र भेट्न जाने गर्नुभएको थियो ।रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस