मस्जिदमा आत्मघाती बम विस्फोट, कम्तीमा ३० जनाको ज्यान गयो

पेशावार, फागुन २० गते । पाकिस्तानको एउटा मस्जिदमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । पेशावारको क्वीसा ख्वानी बजारमा शुक्रबार भएको बम विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

उद्धार टोलीले घाइतेहरूलाई हतारहतार अस्पताल लगिरहेको जिओ न्युजले जनाएको छ । स्थानीय बासिन्दा र छिमेकीहरूले पनि घाइतेहरूलाई आफ्नो मोटरसाइकल र कारमा राखेर अस्पताल पु¥याउन सहयोग गरिरहेका छन् ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर भएको लेडी रिडिङ हस्पिटलका प्रवक्ताले बताएका छन् । प्रहरी र सुरक्षाकर्मीको टोलीले घटनास्थलबाट प्रमाण संकलन गर्न सुरु गरेका छन् ।

घटनाको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले निन्दा गरेका छन् । जिओ न्युजबाट