• The Public Today
  • आईपीएल : लखनउको सबैभन्दा ठूलो जीत


    एजेन्सी,बैशाख २५ गते । आईपीएलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै लखनउ सुपर जाइन्ट्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । यो आईपीएल २०२२ मा रनको अन्तरले सबैभन्दा ठूलो जीत हो।

    पहिले ब्याटिङ गर्दै लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि १७८ रनको लक्ष्य दिएको थियो । जवाफमा कोलकाताको सम्पूर्ण टिम १०१ रन बनाएर आउट भयो । १७८ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीले २५ रन बनाउँदासम्म कप्तान श्रेयस अय्यर (६ रन) सहित सुरुका चार खेलाडी पभिलियन फर्किसकेका थिए ।

    ओपनर बाबा इन्दरजित खाता नखोलेर आउट भए, त्यसपछि आरोन फिन्चले १४ रन बनाए । नितिश राणाले पनि दुई रन मात्र बनाउन सके । यसपछि आन्द्रे रसेल पिचमा आए र उनले निकै छिटो रन बनाउन थाले । १९ बलमा ४५ रन बनाएर रसेल आउट भएपछि कोलकाताको पूरा टिम १०१ रनमा आउट भएको थियो । योसँगै कोलकाताले आईपीएल २०२२ मा सातौं पटक हार बेहोरेको छ । लखनउको यो आठौं जित हो। योसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।


    क्याटेगोरी : अन्तराष्ट्रिय, खेलकुद, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस