‘अब म एकल र स्वतन्त्र छु’

गौशाला, जेठ १ गते । बलिउड सुपरस्टार सलमान खानका कान्छो भाई सोहेल खान यतिबेला आफ्नी पत्नी सीमा सचदेवसँगको सम्बन्ध विच्छेदलाई लिएर चर्चामा छन् । यसैबीच सीमा सचदेवले अन्र्तवार्ता दिदै सम्बन्ध विच्छेदको बारेमा बोलेका छन् । उनले भनेकी छिन्, ‘अब म एकल (सिंगल) र स्वतन्त्र छु ।’

सोहेल र सीमाले गएको सुक्रबार (मे १३) का दिन भारत, मुम्बईको बान्द्रास्थित पारिवारिक अदालतमा गएर सम्बन्ध विच्छेदको कागजात दर्ता गराएका हुन् ।

विवाहको २४ बर्षपछि उनीहरुले एकअर्कासँग अलग हुने निर्णय गरेका हुन् ।

भागी विवाह

सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए । सीमा दिल्लीका वासिन्दा हुन्, जो फेसन डिजाइनिङमा करियर बनाउनका लागि मुम्बई गएकी थिइन् । त्यसै क्रममा सोहेल र सीमाको पहिलो भेट भयो । सोहेलका अनुसार, सीमालाई पहिलो देखभेटमै उनले मन पराउन थालेका थिए । उनीहरुबीच चाडै नै प्रेम बस्यो । उनीहरु डेट गर्न थाले । उनीहरु विवाह गर्न चाहन्थे । तर, सीमाको परिवारलाई उनीहरुको विवाह मञ्जुर थिएन ।

संयोग कस्तो भने, त्यही अवधिमा सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ सार्वजनिक भयो । यो सन् १९९८ को कुरा हो । त्यही दिन दुबैले घरबाट भागेर आर्य समाज मन्दिरमा विवाह गरे । पछि दुबैको घर परिवारले उनीहरुको विवाहलाई स्वीकार गरे । उनीहरु यतिबेला दुई छोराका आमाबुवासमेत हुन् । एजेन्सी